नेपालका आमउपभाेक्ताहरुमा लाेकप्रिय तथा वातावरण मैत्री प्रदूषण रहित इन्धका साथै दैनिक जीवनसग प्रत्यक्ष सराेकार रहेकाे अत्यावश्यक बस्तु खाना पकाउने एल.पि.ग्यास जस्ताे पदार्थकाे आपुर्तिमा ग्यास उद्याेगहरु विगत ५२ वर्षदेखि अनवरत रुपमा लागी पर्दै आएकाे र आम उपभाेक्ताहरुकाे हितमा सामुहिक रुपवाट लागी पर्ने उदेश्यले ग्यास उद्याेगहरुकाे छाता सगठन यस नेपाल एल.पि ग्यास उद्याेग सघ २०५६ साल असार २२ गते विधिवत रुपमा स्थापना भइ निरन्तर रुपमा आफ्नाे कार्य गर्दै आएकाे छ ।
ग्यास उद्याेगहरुद्धारा राष्ट्रमा आइपर्ने विभिन्न जटिल अवस्थामा पनि निजी स्तरमा रहेका सिमित साधन श्राेतलाइ परिचालन गरि आम उपभाेक्ताहरुकाे दैनिक जीवनमा प्रतिकुल प्रभाव नपराेस भनि ग्यास उरद्याेगहरुद्धारा आफ्नाे दायित्व पुरा गर्दै आएकाे र आगामी दिनमा अझ सजकताका साथ सेवा प्रदान गर्ने प्रतिवद्धता गर्दछ ।
निजी क्षेत्रवाट ग्यास आपुर्तिकाे क्रम निरन्तर रहि आएकाे छ भने समयानुकुल ग्यास उद्याेगहरुकाे आधुनिकरण समेत भइरहेकाे र ग्यास उद्याेगहरुले अन्तराष्ट्रिय मापदण्ड अनुरुप सुरक्षाकाे प्रविधि सहित स्तर वृद्धि गरि एन.एस प्राप्त गरिसकेका छन् ।
अन्तमा आमउपभाेक्ताहरुमा एल.पि ग्यास सुरक्षित तवरवाट प्रयाेग गर्न र सतर्कता अपनाउन यस नेपाल एल.पि ग्यास उद्याेग सघ हार्दिक अनुराेध गर्दछ ।
Shiva Prasad Ghimire